Fri. Jul 4th, 2025

हाई काडेर दिन बिताउँछन सहकारी कर्मचारी

 

६ फागुन,मलंगा ।
सदरमुकाम मलंगास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन ।

सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहिन बनेका हुन ।

विभागले यसअघि हुँदै आएका कुनै काम नगर्नु नगराउनु भनेको छ, सोमबार कार्यालयमा त्यतिकै बसिरहेका नायबसुब्बा धनराज गिरीले भने, १० बजे आयो ५ बजायो अनि घर फर्कियो ।

कामविहीन हुँदा कार्यालयमा कार्यरत कर्मचारीमा निकै अल्छीपना बढुदै गएको उनले गुनासो गरे । नागरिक दैनीकबाट
२०७४ फागुन ६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: