Fri. Jul 4th, 2025

छैंटौ प्याब्सन पे्रसीडेन्ट कप सम्पन्न

६ फागुन ,धादिङ

२८ औ प्याब्सन दिवसको अवसरमा छैंटौ प्याब्सन पे्रसीडेन्ट कप समापन समारोह आईतबार धादिङवेशीमा सम्पन्न भएको छ ।

 निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन धादिङले आयोजना गरेको पे्रसीडेन्ट कप २०७४ सम्पन्न भएको हो ।   स्वास्थ्यका लागी खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ फाल्गुण ४ गतेदेखी ६ गते सम्म संचालन भएको थियो ।

निजी तथा आवसीय विद्यालय अर्गाईजेसन नेपाल प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको शभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्याब्सन कार्य समितीका उपाध्यक्ष डी.के.ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।

अन्तर विद्यालय स्तरीय यस प्रतियोगितामा प्याब्सनमा आवद्ध भएका ३८ विद्यालयको सहयोग रहेको  थियो । कार्यक्रममा विभिन्न भएको खेलमा प्रथम द्धितिय तृतिय विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

२०७४ फागुन ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: