Mon. May 12th, 2025

धादिङ महोत्सवको तयारी अन्तिम चरणमा

१० फागुन, धादिङ

धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । साना तथा मझौला व्यवसायी संघ जिल्ला शाखा धादिङले यही फागुन १६ गते देखि आयोजना गर्न लागेको हो ।

महोत्सवमा घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शनी, उद्योग व्यवसायको प्रर्वद्धन, जडिबुटी उत्पादनलाई प्रचारप्रसार, कृषी प्रदर्शनी तथा विक्री, दुध तथा दुग्धजन्य उत्पादनको प्रदर्शनी, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनीहरु हुनेछ ।

महोत्सवमा धादिङ जिल्ला र आसपास रहेका धार्मिक स्थल, गणेश हिमाल र गोसाईकुण्ड लगायतका हिमाली पर्यटकीय क्षेत्र तथा महत्वपूर्ण स्थानहरुको अवलोकन गर्नका लागि हेलिकप्टरको समेत व्यवस्था मिलाइएको छ ।

यस्तै, महोत्सवमा विदेशी कालकारहरुलाई आफ्नो देशअनुसारको मौलिक भेषभुषामा सहर परिक्रमा गराएर दिउँसो सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी आयोजकले गरेको छ ।
१२ दिनसम्म चल्ने उक्त महोत्सवमा स्थानीय उद्योग र उत्पादनहरुलाई प्राथमिकता दिने आयोजकले जनाएको छ।

धादिङ महोत्सवको मुख्य आकर्षण हात्ती सफारी हुने भएको छ । महोत्सव आयोजक समितिले बिहीबार सदरमुकाम रायोटारमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हात्ति सफारी मुख्य आकर्षण हुने बताएको हो। हात्ती सफारी पुछारबजारदेखि बीच बजारसम्म गराइने छ ।
यसअघिका महोत्सवहरु भन्दा यो महोत्सवलाई फरक र आकर्षक बनाउनका लागि हात्ती सफारीलाई प्राथमिकतामा राखेको समितिका अध्यक्ष रामलाल श्रेष्ठले बताए।

२०७४ फागुन १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: