

१२ फागुन, धादिङ
पृथ्वी राजमार्ग अन्र्तगत धादिङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने दुइ जना घाईते भएका छन् ।
जिल्लाको गजुरी गाउँपालिका वडा नं १ कालीका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडातर्फ जाँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले विपरित दिशातर्फबाट आउँदै गरेको बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका घर भएका ३७ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं ५,बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जना घाईते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको लु १ ख ९६१७ नम्बरको ट्रकले बा ८० प ९९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलका चालक बालविकास रावल र मोटरसाइकलको पछाडि बसेका उमा सावत घाईते भएका छन् । घाईतेहरुको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्र्घटनापछि ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७४ फागुन १२ गते प्रकाशित