Sat. Jul 5th, 2025

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

१३ फागुन, काठमाडौं 

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको गएराति निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण उनको दुबईमा निधन भएको हो ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्। श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्।

बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्। दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र सोलहवा सालु बाट अभिनय शुरू गरिन्। सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो।

उनलाई लेडी अमिताभ बच्चनु पनि भन्ने गरिन्थ्यो। सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्। सन् २०१२ मा उनले इंग्लिशरविंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो। सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो, जसमा उनले लामो भूमिका निर्वाह गरेकी थिइन्।

 

२०७४ फागुन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: