

१३ फागुन, धादिङ
कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्षमा धोलकप्रसाद ढकाल निर्वाचित भएका छन् ।
ढकाल धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुन् । केन्द्रको शनिबार धादिङमा भएको अधिवेशनले ढकाललाई निर्विरोध निर्वाचित गरेका हुन् । कार्यसमितिको उपाध्यक्षमा निर्मला केसी, महासचिवमा कृष्णकुमार श्रेष्ठ, सचिवमा बन्दना पौडेल, सहसचिवमा उदयराज काफ्ले र कोषाध्यक्षमा भिमसेन श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा रामप्रसाद भट्टराई, जनक बस्नेत, पूजा फ्युबा, सुमन पराजुली, मधु खनाल रहेका छन् ।
२०७४ फागुन १३ गते प्रकाशित