Sat. Jul 5th, 2025

सांसदका कुर्सीमा राखिने माइक खरिदमा भ्रष्टाचार

१३ फागुन,काठमाडौं
राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ।
सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद र जडानको टेण्डर दिएको भन्दै कम रकममा टेण्डर हालेको कम्पनीले उजुरी दिएपछि प्रक्रिया स्थगन भएको हो ।

राष्ट्रियसभाको अधिवेशन बस्ने नौ दिनअघि माइक खरिदसम्बन्धी टेण्डरमा विवाद भएपछि सचिवालयले प्रक्रिया नै स्थगन गरेर अस्थायी रूपमा माइकको व्यवस्था गर्ने निर्णय गरेको छ ।सचिवालयका सहसचिव कृष्णहरि खड्का संयोजकत्वको बोलपत्र समितिले माइक खरिद र जडानका लागि टेण्डर आह्वान गरेको थियो ।

उक्त समितिले एक करोड ७५ लाखमा टेण्डर हालेको लोटस इन्टरप्राइजेजलाई छनोट नगरी २७ लाख रुपैया बढी हालेको सोयतो कम्पनी छनोट गरेको थियो । स्रोतका अनुसार बढी लागतमा टेण्डर हालेको कम्पनीलाई दिँदा विवाद हुनसक्ने कुरा संसद्का केही कर्मचारीले उठाएपछि बढी लागतमा टेण्डर हालेको सोयतोलाई २७ लाख घटाउन लगाएर टेण्डर दिइएको थियो । २०७४ फागुन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: