१२ फागुन,काठमाण्डौ ।
महानगरीय प्रहरी परिसर, काठमाडौँले फागु पर्व(होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाएको छ ।
परिसरले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले यही फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार गरिएको बताए ।
कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । त्यस्ता व्यक्तिलाई मुद्दा चलाइने उनले बताऐ । होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरणविपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उनले बताए ।
२०७४ फागुन १४ गते प्रकाशित