
१४ फागुन, काठमाडौ
टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले जिल्ला अदालत कैलालीमा हाजिर भई आत्मसमर्पण गरेका छन् ।
राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए ।
चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै रहेका छन् ।
२०७४ फागुन १४ गते प्रकाशित