Sat. Jul 5th, 2025

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि ६ घण्टा बन्द


१९ फागुन,  चितवन –

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

बिहीबार र शुक्रबार २४ सैं घण्टा गाडी चलाउन दिइएको यो सडकखण्डमा आजदेखि भने बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाले जनाएको छ ।

नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न गाडी चलाउन रोक लगाइएको हो ।

बिहान १० बजेदेखि गाडी रोकिने भएकाले तोकिएको समयमा यो सडक पार गर्न चालकले अनियन्त्रित रुपमा गाडी चलाउने गरेको यात्रुले गुनासो गरेका छन् ।

२०७४ फागुन १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: