Sat. Jul 5th, 2025

रेडक्रस नीलकण्ठको सभापतिमा गोविन्द बुढाथोकी निर्वाचित


२० फागुन,  धादिङ

नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाको सभापतिमा गोविन्द बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको ५ औँ अधिवेशनबाट बुढाथोकी निविरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिको उप सभापतिमा धुव्र अधिकारी, सचिव मनिष दुवाडी, कोषाध्यक्ष सरोज रिजाल, उप सचिव रचना अधिकारी, उप कोषाध्यक्ष किरण कुमार श्रेष्ठ र सदस्यहरु महेन्द्र धमला, देव बहादुर श्रेष्ठ, गर्मेबहादुर मिजार, शान्तिकुमारी श्रेष्ठ रहेका छन् ।

नीलकण्ठ उपशाखाका सभापति रामहरि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति सीताराम कोइरालको प्रमुख आतिथ्यता रहेको थियो ।

२०७४ फागुन २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: