
२० फागुन, काठमाडौं
प्रतिनिधिसभाले २६ गते सभामुख चयन गर्ने भएको छ ।
प्रतिनिधिसभामा उपपस्थित प्रमुख पाँच दलको आइतबार बसेको बैठकले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको चुनावका साथै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय गरेको हो ।
२६ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुने तय भएको एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए । भोलिपल्ट २७ गते प्रधानमन्त्रीको विश्वासको मत लिने र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्ने सहमति जुटेको छ ।
संघीय संसदको पहिलो बैठक भोलि बोलाइएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको २९ गते गर्ने तय गरेको छ ।
२०७४ फागुन २० गते प्रकाशित