
२० फागुन, धादिङ –
धादिङबेसीमा चलिरहेको धादिङ महोत्सवमा नेपाल सहित ११ देशका कलाकारले प्रस्तुती देखाएका छन् । ‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं ४ रायटारमा संचालन भएको धादिङ महोत्सवमा आइतबार प्रस्तुती गरेका हुन् ।
नेपाल सहित बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्की लगायतका देशहरुका कलाकारहरुले प्रस्तुती देखाएका हुन् । आफ्नो देशको कला, संस्कृति तथा पहिचान झल्कने प्रस्तुती देखाएका हुन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पनि प्रस्तुती गरेका थिए ।
महोत्सवको मुख्य आकर्षकको रुपमा हात्ती सफारी रहेको छ । महोत्सव अवधिभर हात्तीबाट धादिङवेसी बजार परिक्रमा तथा हेलिकोप्टरबाट जिल्लाको महत्वपूर्ण स्थलको अवलोकनको व्यवस्था पनि मिलाइएको आयोजक संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए ।
२०७४ फागुन २० गते प्रकाशित