

२० फागुन, धादिङ
विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ ।
जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनायो । नेपालका लागि शरद भेषावकरले ४८ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाए । उनको यो लिस्ट ए प्रतियोगितामा छैटौँ अर्धशतक हो ।
त्यस्तै पारस खड्काले ३७ बलमा ८ चौकासहित ४० रन बनाए । उनी आज लिस्ट ए म्याचमा एक हजार रन बनाउनबाट मात्रै ९ रनले चुके । उनले लिस्ट ए प्रतियोगितामा आजको खेलमा सहित ९९१ रन बनाएका छन् ।
त्यस्तै दिपेन्द्रसिंह ऐरीले २२, ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । रोहितकुमार पौडेलले ३२ बलमा ३० रन बनाए । त्यस्तै आरिफ शेखले ५९ बलमा ५ चौकासहित ५० रन बनाए ।
यसअघि टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको हो ।
२०७४ फागुन २० गते प्रकाशित