Sat. Jul 5th, 2025

धादिङमा खुकुरी प्रहारबाट एकजना घाईते


२१ फागुन, धादिङ

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ बीचबजारमा सोमबार खुकुरी प्रहारबाट एकजना घाईते भएका छन् ।

घाईते हुनेमा उत्तरी धादिङको खनियाबास गाउँपालिका १ झार्लाङ का २५ वर्षीय राजु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

टाउको, गर्धन र हातमा चोट लागेका तामाङको जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि काठमाडौँ पठाइएको छ । आइतबार सामान्य विवादमा भएको झगडामा सोमबार खुकुरी प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

खुकुरी हान्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाका सन्तोष लामा तामाङ, मार्फूस घले, प्रनिष घले र ओम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

२०७४ फागुन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: