Sat. Jul 5th, 2025

धादिङमा सवारी दुर्घटना : ६ महिनामा ७५ जनाको मृत्यु

२२ फागुन,  धादिङ

धादिङमा सवारी दुर्घटनामा ६ महिनाको अवधिमा ७५ जनाको मृत्यु भएको छ । अधिकांश दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।

फाइल फोटो

जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार गत साउनदेखि पुस मसान्तसम्म ७४ वटा सवारी दुर्घटनामा ७५ जनाको ज्यान गएको जनाएको छ । दुर्घटनामा १ सय ९ जना गम्भीर घाईते, १ सय २५ जना सामान्य घाईते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार अधिकांश दुर्घटनाको कारणमा चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, छाडा चौपाया छन्।

जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ । चालकले मादक पदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ । यसबाहेक तनाव, उत्तेजना, सडकको दूरवस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको छ ।
जिल्लाको पृथ्वी राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । सडक दुर्घटना हुने प्रमुख कारणहरुमा सडकको अवस्था, सवारी साधनको अवस्था र सवारी चालकको अवस्था रहेको छ ।
पृथ्वी राजमार्गमा भएर दैनिक १० हजार भन्दा बढी सवारीसाधन गुड्ने गर्दछ। साँघुरो र जीर्ण सडक, ओभरट्याक र ओभरस्पिटले दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ।

२०७४ फागुन २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: