
२३ फागुन, गोरखा
गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृत्यु भएको छ ।
गोरखा नगरपालिका–१० टक्सारमा भएको दुर्घटनामा १६ जना घाईते भएका छन् । गोरखाबाट आबुखैरेनीतर्फ जाँदै गरेको ३ ख ४६५८ नम्बरको माइक्रो बस बुधबार ब्रेक फेल भएका कारण दुर्घटनाग्रस्त हुन पुगेको हो।
दुर्घटनामा अन्दाजी १६ वर्षीया शारदा गौलीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाईतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
२०७४ फागुन २३ गते प्रकाशित