Sat. Jul 5th, 2025

विद्या भण्डारीले गरिन राष्ट्रपतिमा उम्मेद्वारी दर्ता


२३ फागुन, काठमाडौं 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आफ्नो दोश्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेकी छिन् । यही फागुन २९ गते हुन् राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीले उम्मेद्वारी दर्ता गराएकी हुन्।

मंगलबार राती अवेरसम्म बसेको  एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय गरेको हो।

भण्डारीले माधवकुमार नेपाल, भीम रावल, र्इश्वर पाेखरेल, सुवास नेम्वाङ, अाेनसरी घर्तीकाे प्रस्ताव तथा भानुभक्त ढकाल, रविन्द्र अधिकारी, गाेकर्ण विष्ट र रामबहादुर थापा बादलकाे समर्थनमा उम्मेद्वारी दर्ता गराएकी हुन्।

२०७४ फागुन २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: