Fri. May 16th, 2025

आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस,विविध कार्यक्रम गरेर मनाइँदै

 

२४ फागुन, काठमाडौं ।
आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

दिवसको अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज ¥याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन ।

२०७४ फागुन २४ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: