Sat. Jul 27th, 2024

चितवनमा ५३ जनामा स्वाइनफ्लु

swine-flu-300x230

चितवन – चितवनमा ५३ जनामा स्वाइनफ्लु भएको प्रमाणित भएको छ ।  सरकारी अस्पताल भरतपुर अस्पतालमा रगतको नमुना सङ्कलन गरी थप परीक्षणका लागि काठमाडौँ पठाइएकामध्ये ५३ जनामा स्वाइनफ्लु प्रमाणित भएको छ । जसमध्ये ४४ जना चितवनका, पाँच जना नवलपरासीका र गोरखा, तनहूँ, पर्सा र रुपन्देहीका एक÷एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिएका छन ।

नमुना परीक्षणका लागि पठाइएका २०४ जनामध्ये ५३ जनामा स्वाइनफ्लु प्रमाणित भएको हो । जसमध्ये २९ जना महिला र २४ जना पुरुष रहेका छन् ।जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा नमुना सङ्कलन गरी तीब्र परीक्षणपश्चात शङ्का लागेका बिरामीको नमुना थप परीक्षणका लागि काठमाडौँ पठाइँदै आएको छ ।चितवनमा गतवर्ष ११ जना र अघिल्लो वर्ष १० जनामा स्वाइनफ्लु प्रमाणित भएको थियो । रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्नेलगायतका लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: