Sat. Jul 5th, 2025

विश्वकप क्रिकेट छनोट : नेपाल स्कटल्याडसँग ४ विकेटले पराजित

२४ फागुन, धादिङ

विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ओभरमा विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २(२ तथा ललित राजवंशीले दिपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिए ।

यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

२०७४ फागुन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: