

२५ फागुन, धादिङ
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपलिका वडा नं ६, जरेमा बस दुर्घटना हुदाँ ९ जना घाईते भएका छन् ।
धादिङबेसीदेखि काठमाडौँ जाँदै गरेको बा ३ ख २८६८ नम्बरको ग्रामीण यातयातको बस बिहिबार बिहान सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए ।
घाईतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
२०७४ फागुन २५ गते प्रकाशित