
२६ फागुन, काठमाडौं
माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् ।सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे।
एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वाचित भएका हुन्। सभामुखमा प्रमुख विपक्षी कांग्रेसले पनि महरालाई समर्थन गरेको छ। सभामुखमा उम्मेदवारी नदिएको कांग्रेस नेता मिनेन्द्र रिजालले महरालाई ‘भद्र र शालिन’ नेताको संज्ञा दिंदै उनको नेतृत्वमा रहने संसदले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
महरा गएको प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित भएका थिए।
२०७४ फागुन २६ गते प्रकाशित