
२८ फागुन, काठमाडौँ –
राष्ट्रियसभा अध्यक्षका लागि सोमबार बिहान उम्मेद्वारी दर्ता हुँदैछ । बुधबार हुने निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको हो ।
संघीय संसद सचिवालयका अनुसार साढे १ बजे उम्मेद्वारको नामावली सार्वजनिक गरिने कार्यक्रम रहेको छ।
सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भएसँगै राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ।
२०७४ फागुन २८ गते प्रकाशित