Sat. Jul 5th, 2025

बलिउडका भर्सेटाइल कलाकार फरहान अख्तर नेपाल आउँदै

२८ फागुन, काठमाडौँ

बलिउडका भर्सेटाइल कलाकार फरहान अख्तर अर्को महिना नेपाल आउने भएका छन् । ‘फरहान लाइभ इन नेपाल’ कन्सर्टका लागि उनी आउन लागेका हुन् । फरहान एउटा लेखक, निर्देशक र अभिनेताका साथै गायक पनि हुन् । रोयल च्यालेन्जले उनलाई नेपाल ल्याउन लागेको हो ।

७ अप्रिलमा हायात रिजेन्सी होटलमा उनको कन्सर्ट हुनेछ । ३ बजेदेखि सुरु हुने शोका लागि २ हजार रुपैयाँ र ४ हजार रुपैयाँको टिकट तोकिएको छ । टिकट विक्री चाँडै सुरु हुने आयोजकले जनाएको छ । बलिउडमा बहुआयामिक परिचय बनाएका फरहानले ‘दिल चाहता है, लक्ष्य, डन’ जस्ता चलचित्र निर्देशन गरेका छन् । साथै उनले ‘रक अन, भाग मिल्खा भाग, जीन्दगी ना मिलेगी दोबारा’ लगायतका चलचित्रमा अभिनय पनि गरेका छन् ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: