Wed. Sep 11th, 2024

४० जनालाई अपांगता परिचयपत्र वितरण

apanga
धादिङ  –  अपांगता भएका व्यक्तिहरुलाई सहज हुने किसिमले गाँउमा नै गएर अपांग परिचयपत्र वितरण गरिएको छ ।

अपांग कल्याण संघ, सल्यानटारको आयोजनामा महिला तथा बालबालिका कार्यलय धादिङको सहयोगमा त्रिपुरेश्वर ३ खहरेमा शनिबार र आइतबार एक कार्यक्रमको आयोजना गरी परिचयपत्र वितरण गरिएको हो ।

धादिङको ४ वटा गाँउ विकास समितिहरु सल्यानटार, सल्यानकोट, आगिञ्चोक र त्रिपुरेश्वरका ४० जनालाई अपांग परिचयपत्र वितरण गरिएको हो ।
अपांगताको अवस्था ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गको आधारमा परिचय पत्र वितरण गरिएको महिला तथा बालबालिका कार्यलय धादिङका प्रमुख शावित्रि थापा रावलले जानकारी दिनुभयो ।

‘क’ वर्गको रातो परिचयपत्र ६ जना महिला र ४ जना पुरुष गरी १० जनालाई वितरण गरिएको छ । त्यस्तै ‘ख’ वर्गको निलो परिचयपत्र २ जना महिला र १० जना पुरुष गरी १२ जनालाई,’ ग’ वर्गको पहेँलो परिचयपत्र ३ जना महिला र ८ जना पुरुष गरी ११ जनालाई र ‘घ’ वर्गको सेतो परिचयपत्र २ महिला र ६ पुरुष गरी ८ जनालाई वितरण गरिएको छ ।

About The Author

अन्य समाचारहरु: