Sat. Jul 27th, 2024

गल्ती गर्नेलाई सजाय नदिदाँ न्याय प्रणाली प्रभावकारी नहुने

IMG_9300
धादिङ – धादिङका जिल्ला न्यायधिस रमेशराज पोखरेलले गल्ती गर्नेलाई सजाय नदिदाँ न्याय प्रणाली प्रभावकारी नहुने हो कि भन्ने हेक्का न्यायलयमा हुने गरेकोे बताउनुभएको छ ।

दबाव, प्रभाव र अभावका कारण अनुसन्धान प्रभावकारी नभएको भन्दै यसमा सचेत हुन पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलय धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको जवरजस्तीकरणी अपराध नियन्त्रण अभियानका लागि गरिएको जिल्ला स्तरीय कार्यशाला गोष्ठीमा बोल्नुहुदै न्यायधिस पोखरेलले देशमा भइरहेको बलात्कार र जबरजस्तीकरणीका घटना न्युनिकरणका लागि सर्वप्रथम समाजको संरचनात्कम चरित्रमा परिवर्तन गराउनुपर्ने धारणा व्यक्त गनुभयो । पीडितलाई जुन दिन न्यायलयमा ल्याइयो त्यहि दिन न्याय फैसला गरेमा पीडितको वास्तविक कुरालाई बाहिर ल्याउन सजिलो हुने जानकारी गराउनुभयो ।

देशभर बलात्कारका घटनाहरु बढीरहेका बेलामा प्रहरीले देशैभर ३ महिने अल्पकालीन सचेतनामूलक कार्यक्रमको आयोजना गर्नका लागि विभिन्न योजनाहरु बनाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । धादिङ जिल्लामा आर्थिक वर्ष ०६६/ ०७७ देखि हालसम्म ७४ वटा जबरजस्तीकरणीका घटनाहरु भएका छन् । जसमध्ये ६२ जना सामान्य लेखपढ गर्न सक्नेहरु रहेका छन् भने यस्ता घटनाहरु १६ देखि २८ वर्ष उमेर समूहहरुमा बढी हुने गरिएको छ । यस्ता घटनाहरु ३९ वटा घरभित्र, ९ वटा जंगलमा, २२ वटा सार्वजनिक स्थलहरुमा, र ४ वटा अन्य ठाँउहरुमा भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । जबरजस्तीकरणीका घटना न्युनिकरणका लागि ग्रामिण क्षेत्रका विभिन्न विद्यालयहरुमा गएर चेतनामूलक कार्य गर्न जिल्ला प्रहरी कार्यलयले योजना बनाइरहेको जानकारी गराइएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नि वर्तमान स्थानीय विकास अधिकारी भरत प्रसाद अर्याल, महिला तथा बाल बालिका कार्यलय धादिङका प्रमुख शावित्रि थापा रावल, जिल्ला न्यायधिवक्ता धुव्रमणि ज्ञवाली लगायतले कार्यक्रममा बोल्नुहुँदै यस्ता घटना न्युनिकरणका लागि आफ्नो तबरबाट सहयोग गर्ने बताउनु भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: