Sat. Jul 27th, 2024

स्वास्थ्य कार्यलयले ५ चरणमा एकिकृत स्वास्थ्य कार्यक्रम संचालन गर्ने

IMG_9330
धादिङ – जिल्ला स्वास्थ्य कार्यलय धादिङले संचालन गर्नेे एकिकृत जनस्वास्थ्य अभियान कार्यक्रमको बारेमा बुधबार छलफल गरिएको छ ।

दुर्गम क्षेत्रमा विपन्न तथा सेवाबाट वञ्चित समुदायलाई अत्यावश्वक प्रवद्र्धनात्मक, प्रतिकारात्मक, निदानात्मक र उपचारात्मक स्वास्थ्य सेवा एकिकृत रुपमा प्रदान गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न, स्वास्थ्य सेवामा आम समुदायको सहभागीता वृद्धि गर्ने मुख्य उद्देश्यका साथ संचालन गर्न लागिएको अभियानको बारेमा सरोकारवाला निकायहरुलाई जानकारी गराइएको छ ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि धादिङको ग्रामीण क्षेत्रमा रहेको विभिन्न ७ गाविसहरुको छनोट गरी त्रिपुरेश्वरमा स्वास्थ्य सम्बन्धी अभियान संचालन गरिने जानकारी गराइएको छ ।

जनस्वाथ्य सम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आज विभिन्न सरोकारवाला निकायहरुसंग सुझाव संकलन गरी कार्यक्रम गर्ने तय गरिएको छ । तयारी चरण, समूदाय स्तरीय गतिविधि संचालन, रेडियो चेतना अभियान, प्राथमिक स्वास्थ्य सेवा क्लिनिक सुदृढिकरण र स्वास्थ्य शिविर संचालन लगायत गरी ५ चरणमा कार्य गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ । स्वास्थ्य कार्यक्रम अन्र्तगत आगामी बैशाख १० देखि १२ गतेसम्म धादिङको त्रिपुरेश्वरमा एकिकृत रुपमा शिविर संचालन गरिने जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लले जानकारी दिनुाभयो । साथै महिलाहरुको पाठेघर खस्ने समस्याहरुलाई बाहिर ल्याउनका लागि जनचेतनामूलक कार्य गर्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

निवर्तमान स्थानीय विकास अधिकारी भरत प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद अर्याल, जिल्ला अस्पताल धादिङका मेडिकल सुपरीटेन्डेन रसिला अमात्य, जिल्लामा रहेको सरकारी निकायका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

About The Author

Loading...

अन्य समाचारहरु: