Wed. May 14th, 2025

धादिङमा चलचित्र ‘शत्रु गते’ प्रदर्शन


१० चैत,  धादिङ –

पारिवारिक सम्बन्ध र युवा पुस्ताको प्रेमलाई मुल रुपमा उठाइएको चलचित्र ‘शत्रु गते’ शुक्रबाट देशभर प्रदर्शनमा आएको छ।

धादिङमा रहेको ओम शान्ति चलचित्र मन्दिरमा पनि शुक्रबारबाट चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हेर्ने दर्शकको घुँइचो नै लागेको छ ।

चलचित्र मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको हो। प्रदिप भट्टराईको निर्देशन रहेको यस चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ।

यस्तै दिपकराज गिरीको पटकथा रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।

२०७४ चैत १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: