Sat. Jul 5th, 2025

सहसचिवमा बढुवा हुनुभएका तामाङलाई सम्मान

sam,man
धादिङ – खुल्ला प्रतिस्पर्धाद्वारा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवा हुनुभएका धादिङका तत्कालिन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङलाई बुधबार सम्मान तथा विदाइ गरिएको छ ।

नेपाल पत्रकार महासंघ धादिङले महासंघको निर्माणाधीन भवनको सभाहलमा तामाङलाई सम्मान तथा विदाई गरिएको हो । धादिङको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र धादिङका पत्रकारहरुको क्षमता विकाससंगै पत्रकारिता क्ष्ेत्रको विकासमा उल्लेख्य सहयोग गरेको भन्दै तामाङलाई सम्मान गरिएको महासंघका अध्यक्ष नवराज छत्कुलीले बताउनु भयो । अध्यक्ष छत्कुलीले आठ महिना धादिङको बसाइका क्रममा स्थानीय विकास अधिकारीको रुपमा कुशल कार्य सम्पादन गरेकोमा तामाङको प्रशंसा गर्नुभयो । अध्यक्ष छत्कुलीले धादिङका सञ्चारकर्मीहरुको तर्फबाट तामाङलाई खादा र प्रसंसपत्रले सम्मान गर्नुभएको थियो । सोही अवसरमा पत्रकारहरुले सञ्चालन गरेको सहकारी धादिङ सञ्चार सहकारी संस्थताले पनि तामाङलाई कदरपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कर्मचारी मिलन केन्द्रका अध्यक्ष राजेन्द्रमान सिंह भण्डारी, निमित्त स्गानीय विकास अधिकारी भरतप्रसाद अर्याल लगायको सहभागिता रहेको थियो । प्रशंसापत्र ग्रहण गर्दै तामाङले आप्mनो सरकारी सेवा प्रवेशमा पत्रकारीताले महत्वपूर्ण सहयोग गरेको स्करण गर्दै जहाँ कार्यगरेपनि यो क्षेत्रलाई भुल्न नसक्ने बताउनु भयो । तामाङ सरकारी सेवामा प्रवेश गर्नुपूर्व पत्रकारीतामा संलग्न हुनुहुन्थ्यो । यसअघि धादिङ जिल्ला विकास समितिको तर्फबाट पनि तामाङलाई विदाइ गरिएको थियो

About The Author

अन्य समाचारहरु: