Sat. Jul 27th, 2024

एमालेले तोक्यो कन्द्रिय नेताहरुको जिम्मेवारी

cpn uml photo
भक्तपुर – नेकपा एमाले स्थायी कमिटी बैठकले केन्द्रिय नेताहरुको कार्य बिभाजन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले केन्द्रिय नेताहरुको जिम्मेवारी बाँडफाड गरेको हो ।

जिम्मेवारी अन्र्तगत पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख नेतृत्व तथा स्कुल विभाग प्रमुख, उपाध्यक्ष वामदेव गौतम सम्पर्क एवम समन्वय तथा मध्यपश्चिमाञ्चल प्रमुख तोकिएको छ भने उपाध्यक्ष बिद्यादेवी भण्डारीलाई पूर्वाञ्चल, युवराज ज्ञवालीलाई पञ्चिमाञ्चल, अष्टलक्ष्मी शाक्यलाई मध्यमाञ्चल, भिम रावललाई सुदुरपश्चिमाञ्चलको जिम्मेवारी तोकिएको छ भने महासचिव इश्वर पोखरेललाई समग्र संगठनात्मक कामको नेतृत्व लिने गरि जिम्मेवारी तोकिएको छ । बैठकले १५९ जना केन्द्रिय नेताहरुको बिभिन्न बिभाग, फाँट, मोर्चा संगठन, क्षेत्रिय समिति र जिल्लाहरुको जिम्मेवारी तोकेको जानकारी महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको जिम्मेवारी उहाँहरुसँगको अनौपचारिक छलफलपछि टुंगो लगाउने जानकारी महासचिव पोखरेलले दिनुभयो ।

बैठकले सहमतिको प्रयास हुँदाहुँदैं वार्ताको टेवलबाट पछि हटि एमाओवादीलगायतका ३० दलिय मोर्चाका आन्दोलनमा उत्रिएका कारण सहमतिको वातावरण बिग्रिएको निष्कर्ष बैठकले निकालेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले बिपक्षी दललाई आन्दोलनको बाटोमा नहिड्न आग्रह गर्ने र अव कसरी अगाडी बढ्ने भन्ने बारेमा कांग्रेस लगायतका सबै दलसँग परामर्श गरिने निर्णय भएको बताउनुभयो ।

बैठकले ताप्लेजुङ सदरमुकाम तोक्मे बजारमा भएको आगोलागीका प्रभावितहरुलाई केन्द्रिय प्राकृतिक बिपत राहत कोषबाट तत्काल १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरि सो क्षेत्रका प्रभावितहरुलाई उपचार, राहत वितरण, औषधी, पुर्नस्थापना तथा पुर्ननिर्माण लगायतको सहयोग गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले धनुषामा मदन–आश्रित निमाविको व्यबस्थापन समितिको चुनावका क्रममा भएको झडपका क्रममा दुई जनाको मृत्यु भएको घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । डडेलधुरामा उच्च माध्यमिक शिक्षा परिषद्मा भएको कर्मचारी नियुक्तिका बिषयमा असन्तुष्टी जनाउदैं ज्ञापनपत्र बुझाउन गएका एमाले अध्यक्ष सहितका कार्यकर्तामाथि भएको आक्रमणको भत्सना गर्ने निर्णय भएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तो छ, एमाले केन्द्रिय नेताहरुको जिम्मेवारी
अध्यक्ष

केपी शर्मा ओली – पार्टी स्कूल तथा पार्टीको नेतृत्व
उपाध्यक्ष
वामदेव गौतम– सम्पर्क तथा समन्वय मध्यपश्चिमाञ्चल, इन्चार्ज किसान फाँट
विद्या भण्डारी– सम्पर्क तथा समन्वय पूर्वाञ्चल, इन्चार्ज महिला फाँट
युवराज ज्ञवाली – सम्पर्क तथा समन्वय पश्चिमाञ्चल
अष्टलक्ष्मी शाक्य– सम्पर्क तथा समन्वय मध्यमाञ्चल
भीम रावल– सम्पर्क तथा समन्वय सुदूरपश्चिमाञ्चल एवं प्रवास
महासचिव इश्वर पोखरेल– समग्र संगठनको कामको नेतृत्व
उपमहासचिव
विष्णु पौडेल– भुगोल, मोर्चा तथा पार्टी सम्बद्ध विभागहरुको अनुगमनन तथा संयोजन
घनश्याम भुसाल– राज्य संचालनसँग सम्बन्धित तथा विभागहरुको समन्वय तथा अनगुमन
सचिव
प्रदीप ज्ञवाली– केन्द्रिय सचिवालय सचिव
भीम आचार्य– राजकीय मामिला प्रमुख
कृष्ण्ँगोपाल श्रेष्ठ– कार्यालय सचिव
पृथ्बीसुब्बा गुरुङ– संगठन विभाग प्रमुख
योगेश भट्टराई– प्रचार विभाग प्रमुख
सूर्य थापा– प्रचार विभाग उपप्रमुख
गोकर्ण विष्ट – मोर्चा संगठन प्रमुख
स्थायी कमिटी सदस्य तथा केन्द्रिय सदस्यहरु
शंकर पोखरेल– सहइन्चार्ज, स्कूल विभाग
सुरेन्द्र पाण्डे– अर्थ र योजना विभाग प्रमुख
मुकुन्द न्यौपाने– उद्योग तथा वाणिज्य विभाग प्रमुख
छविलाल विश्वकर्मा– सम्पर्क समन्वय कमिटी विभाग प्रमुख
विजय गुरुङ – सहइन्चार्ज, सम्पर्क समन्वय कमिटी विभाग
किरण गुरुङ–स्थानीय विकास विभाग प्रमुख
विष्णु रिमाल– आर्थिक तथा ट्रेड युनियन प्रमुख
राजेन्द्र पाण्डे– निर्वाचन विभाग प्रमुख
भागवत विश्वासी–निर्वाचन विभाग उपप्रमुख
परशुमेघी गुरुङ– संघीय मामिला विभाग प्रमुख
सीता गिरी – संघीय मामिला विभाग उपप्रमुख
अग्नि खरेल– संविधानसभा– संसदीय विभाग प्रमुख
काशीनाथ अधिकारी – पुस्तकालय अभिलेख विभाग
प्रदीप नेपाल– जलश्रोत तथा उर्जा विभाग प्रमुख
नागेन्द्र चौधरी– वन तथा वातावरण विभाग प्रमुख
वंशिधर मिश्र– विज्ञान तथा प्रविधि विभाग प्रमुख
गंगालाल तुलाधार– शिक्षा तथ मानवस्रोत विभाग प्रमुख
तुलबहादुर गुरुङ– राष्ट्रिय सुरक्षा विभाग प्रमुख
विजय पौडेल– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख
रघुजी पन्त– कानुन विभाग विभाग प्रमुख
कर्ण थापा– युवा तथा खेलकुद विभाग प्रमुख
खगेन्द्र राई– संस्कृति विभाग प्रमुख
पशुपति चौलागाईं– सहकारी तथा गरिबी निवारण विभाग प्रमुख
ममता गिरी – सहकारी तथा गरिबी निवारण विभाग उपप्रमुख
सुजिता शाक्य – स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
रचना खड्का– स्वास्थ्य तथा जनसंख्या विभाग उपप्रमुख
घनेन्द्र बस्नेत– उपभोक्ता हित तथा सुस्वास्थ विभाग प्रमुख
सूर्य थापा– प्रर्वदन विभाग प्रमुख तथा प्रचार विभाग उपप्रमुख
प्रकाश ज्वाला – श्रम तथा रोजगार विभाग प्रमुख
चुडामणि जंगली– श्रम तथा रोजगार विभाग उपप्रमुख
निरुपाल – युवा फाँट प्रमुख
रविन्द्र अधिकारी– विद्यार्थी फाँट प्रमुख
बमबहादुर विश्वकर्मा – दलित फाँट प्रमुख
टंक कार्की– वुद्धिजीवि फाँट प्रमुख
खगेन्द्र चुडाल– वुद्धिजीवि फाँट सहइन्चार्ज
सत्यनारायण मण्डल– मधेशी इन्चार्ज
जगदीश कुशियत– मधेशी सह इन्चार्ज
गोकुल घर्ती– जनजाति फाँट
शिराज फारुकी– मुस्लिम इन्चार्ज
मभुज अन्सारी– सह इन्चार्ज
हरिबहादुर राई– भूतपूर्व सैनिक इन्चार्ज
विश्वनाथ प्याकुरेल – पेशागत फाँट इन्चार्ज
प्रेमल खनाल – सह इन्चार्ज
श्रीमाया थकाली– वैदेशिक रोजगार फाँट इन्चार्ज
वेदुराम भुसाल– विभिन्न प्रतिष्ठान इन्चार्ज
गोमा देवकोटा– विभिन्न प्रतिष्ठान सहइन्चार्ज
राधाकृष्ण मैनाली– राजनीतिक दलहरुस“ग संवाद तथा समन्वय
इन्चार्जहरु अञ्चलमा
मेची
हिक्मत कार्की– इन्चार्ज
कोशी
जीवन घिमिरे– इन्चार्ज
सगरमाथा
रामप्रित पासवान – इन्चार्ज
नारायणी
केदार न्यौपाने – इन्चार्ज
बागमती
अरुण नेपाल– इन्चार्ज
उपत्यका
सानुकुमार श्रेष्ठ– इन्चार्ज
गण्डकी
जगत विश्वकर्मा– इन्चार्ज
धौलागिरी
गणेश तिमिल्सिना– इन्चार्ज
लुम्विनी
रामनाथ ढकाल– इन्चार्ज
राप्ती
खेममान खड्का– इन्चार्ज
भेरी
यमलाल कँडेल– इन्चार्ज
कर्णाली
गोरख बोगटी– इन्चार्ज
सेती
महेश्वर पाठक– इन्चार्ज
महाकाली
रामकुमार ज्ञवाली– इन्चार्ज
जनकपुरको अञ्चलको इन्र्चाजको बारेमा टुंगो लाग्न सकेको छैन् ।
प्रवास समन्वय
विन्दा पाण्डे– इन्चार्ज
खाडी इन्चार्ज
श्रीप्रसाद शाह
युरोप इन्चार्ज
रामकुमारी झाँक्री
अमेरिका इन्चार्ज
युवराज कार्की
अष्ट्रेलिया इन्चार्ज
बिन्दा पाण्डे
भारत इन्चार्ज
तिलक विश्वकर्मा
पूर्वी र दक्षिणपूर्वी एसियामा इन्चार्ज राजन राईलाई तोकिएको छ । त्यसै गरी सबै जिल्लामा पनि इन्र्चाज र सहइन्र्चाहरु तोकिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: