

२ बैशाख, धादिङ –
थाक्रे लोक प्रतिभाको उपाधि दया सुवेदीले जितेकी छन् । शनिबार भएको फाइनलमा सुवेदीले उपाधि हात पारेकी हुन् ।
जिल्लाको थाक्रे गाउँपालिकाको महादेवबेसीमा आयोजना गरिएको प्रतियोगीताको फाइनलमा सुवेदीले उपाधि सँगै नगद १० हजार ट्रफी, प्रमाणपत्र र टेलिभिजन पाइन् ।
त्यस्तै फस्ट रनरअफ सरिता घिमिरे भइन् । उनले नगद ७ हजारसहित ट्रफी, प्रमाणपत्र पाइन भने सेकेण्ड रनरअप भएका सुरेस परियारले नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र र थर्ड रनरअप भएका निरज परियारले नगद ३ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
थाक्रे कला केन्द्रको आयोजना तथा थाक्रे गाउँपालिकाको सहआयोजनामा कार्यक्रम गरिएको हो ।
२०७५ बैशाख २ गते प्रकाशित