Sat. Jul 27th, 2024

हत्या अभियोगमा चन्द्र बहादुर तामाङलाई पक्राउ गरी सार्वजनिक

pakrau
१३ चैत, धादिङ  – जिल्ला प्रहरी कार्यलय धादिङले हत्याको अभियोग लागेका चन्द्र बहादुर तामाङलाई चैत १२ गते विहिबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । तामाङलाई दुइवटा घटनाको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
तामाङले गत २०७० पुस १९ गते धादिङ दार्खा – ६ वस्ने २० वर्षको गंगालाल तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै २०७० माघ २४ गते सेम्जोङ–६ तिखाढुङ्गामा पहलमान तामाङलाई धारिलो हतियार प्रहार गरीे हत्या गरेको थियो । हत्या गरेपछि फरार रहेका तामाङलाई प्रहरीले जोगीमाराबाट पक्राउ गरिएको हो । तामाङको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: