Sat. Jul 27th, 2024

शान्तिसुरक्षा सामान्यबाट सुदृढ बन्दै

IMG_9397
धादिङ- आर्थिक वर्ष २०७०/०७१ को साउन महिनादेखि हालसम्म विभिन्न आपराधिक घटनामा संग्लन रहेको ७३ जनालाई प्रहरीले पक्राउ गरी कार्वाही गरेको छ ।

६९ वर्ष ७ महिना २८ दिन कैद गरिएकोमा यसबाट ३ करोड ४५ लाख ४९ हजार १ सय ११ रुपैया जरिवाना असुल गरेको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङले यस आर्थिक वर्षको साउनदेखि अहिलेसम्म कर्तव्य ज्यान मुद्धामा ८ जना, बलात्कारका मुद्धामा ४ जना, ज्यान मार्ने मुद्धामा १ जना, लागु औषध मुद्धामा १ जना, हातहतियार चोरी मुद्धामा १ जना र सामान्य मुद्धामा २ जना गरी १७ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गुण्डागर्दी गर्ने ३२ वटा मुद्धा दर्ता भएकोमा ४५ जनालाई पक्राउ गरी कार्वाही गरेको छ ।

त्यस्तै राजमार्ग क्षेत्रमा सवारी तोडफोड गर्ने ६ जना लगायतका विभिन्न घटनामा संलग्नलाई पक्राउ गरी कार्वारी गरेको छ । धादिङको उत्तरी क्षेत्रलाई सुरक्षाको हिसाबले संवेदनशील क्षेत्र भएकाले पछिल्लो समय विभिन्न प्रहरी चौकीहरु स्थापना गरी सुरक्षा प्रदान गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।अहिले धादिदङ जिल्लाको शान्तिसुरक्षाको स्थिति सामान्यबाट सुदृढ गरेको कार्यक्रममा जानकारी गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: