Sat. Jul 5th, 2025

धादिङमा बस र ट्रक ठोक्किदा २७ जना घाइते

 १५ वैशाख ,धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा न ६ जहरेमा बस र ट्रक ठोक्किदा २७ जना घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जादै गरेको ना ६ ख १९२६ नम्बरको बस र बिपरित दिशाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक शनिबार बिहान ठोक्किएको हो ।
घाइतेहरुलाई उपचारका लागी काठमाडौ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

२०७५ बैशाख १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: