Sat. Jul 5th, 2025

धादिङ लगाएत विभिन्न जिल्लाहरुमा असिनाले खाद्य र तरकारी बाली नष्ट

 

१५ वैशाख ,धादिङ –

हावाहुरीसँगै परेको असिनापानीले धादिङ लगाएत विभिन्न जिल्लाहरुमा लाखौंँको बाली नष्ट भएको छ ।

देशका विभिन्न स्थानहरु धादिङ नुवाकोट रुकुम अछाम लगाएत विभिन्न ठाउँमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको छ ।

तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेला लगायत र फलफूलमा समेत क्षति पुगेको छ । “क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन्

खेतमा लगाइएको मकै भर्खर चमरा निस्कने बेला र गोलभेंडा, करेला, काँक्रोलगायत तरकारी भर्खर टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन् ।

असिनाले धादिङको गजुरी ७ को कुपिण्डे, डाँडागाउँ, श्यामेडाँडा, गजुरी ८ को वरभन्ज्याङ, कटुञ्जे, मजुवा लगायतका ठाउँमा लगाइएको तरकारी बाली नष्ट गरिएको छ । यसैगरी नुवाकोटको शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा असिनापानीले खाद्यान्न र तरकारी बाली नष्ट गरेको छ ।

२०७५ बैशाख १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: