Sat. Jul 5th, 2025

नेपाल आइडलका उल्सनको “हुरि आयो” म्युजिक भिडियो सार्वजनिक


१७ बैशाख,  धादिङ –

बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करणबाट रकस्टारमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली “हुरि आयो” सार्वजनिक भएको छ ।

उल्सनले नेपाल आईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली “हुरि आयो” ल्याएका हुन् । आफ्नै शब्द, संगीत र स्वरमा आइतबार साँझ “हुरि आयो”सार्वजनिक गरेका हुन् । गीतमा हर्कुलस श्रेष्ठको संगीत संयोजन रहेको छ । खोटाङका उल्सन नेपाल आईडलको टप ७ बाट बाहिरिएपछि लामै समयको सांगीतिक अभ्यासपछि उनले “हुरि आयो” लाई ल्याएका हुन् ।

गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् । योर स्टाइल इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा आँचल शर्माको सबैलाई रुवाउने अभिनय रहेको छ। अहिलेका चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेको भिडियोमा सुरेश नेपालीले छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ ।

२०७५ बैशाख १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: