

२१ बैशाख, धादिङ –
गीतकार आर के रम्तेलको मार्मिक शब्द तथा लोकप्रिय गायिका विष्णु माझी र मनोज शर्माको सुमधुर आवाजमा लायक छैन धर्ति “ बोलको गीत बजारमा आएको छ ।
गीतमा किशोर खत्री र गीता श्रेष्ठको अभिनय रहेको छ । भने खत्रीको यस भिडियोमा अलि फरक धारको अभिनय पनि देख्न सकिन्छ । गीतमा माया प्रेमलाई बिषय बस्तु बनाइएको छ । उतिनै उत्कृष्ट शब्द र भिडियो पनि उतिनै उत्कृष्ट बनेको छ।
विगतका आफ्नो सिर्जनालाई सबैले माया गरिदिएको बताउदै गीतकार आर के रम्तेल ले यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताएका छन् ।
केशव सापकोटाले लय सिर्जना गरेको सो गीतमा चर्चित गायिका बिष्णु माझी र मनोज शर्मा ले सुमधुर स्वर भरेका छन छ । गीतको सिर्जन बरालले म्युजिक भिडियो निर्देशन गरेका छन्।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=NDj7FSSO450&feature=share
२०७५ बैशाख २१ गते प्रकाशित