
२१ बैशाख, धादिङ –
नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिको वैशाख २२ गते हुने चुनावको लागि धादिङ जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जिल्ला कार्य समिति धादिङले जानकारी दिएको छ ।
प्रदेश तहको निर्वाचनमा मतदान हरेक जिल्लामा हुने भएकाले धादिङमा पनि पत्रकार महासंघ धादिङ शाखाको भवनमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्न सकिने महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए ।
प्रदेश समितिमा अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएपनि अध्यक्ष पदमा चुनाव हुँदैछ । अध्यक्ष पदमा प्रताप विष्ट र गिरीजा प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।
प्रदेश ३ मा १ हजार २ सय ८४ जना मतदाता छन् । धादिङमा पत्रकार मतदाता १ सय ९४ जना रहेका छन् ।महासंघमा सदस्यता भएका सम्पूर्ण पत्रकारलाई निर्वाचनमा भाग लिन महासंघले आह्वान गरेको छ ।
२०७५ बैशाख २१ गते प्रकाशित