Sat. Jul 5th, 2025

दुर्घटना भएको ग्याँसको बुलेटबाट ग्यास चुहिन थाल्यो, स्थानीय त्रसित


२२ बैशाख,  धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदिमा पल्टिएको ग्याँसको बुलेटबाट ग्याँस चुहिन थालेपछि स्थानीय त्रसित भएका छन् ।

गत बैशाख १४ गते काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पृथ्वीराजमार्गबाट त्रिशुली नदिमा पल्टिएको थियो ।

एक सातासम्म उक्त बुलेट झिक्न कसैले पनि चासो देखाएका छैनन् । उक्त बुलेट सिद्धार्थ ग्यास उद्योगको भएको प्रहरीले बताएको छ । पल्टिएको ग्याँसको बुलेट पानीको सतह बढ्दा पानीले बुलेट फेरी पल्टाएपछि ग्याँस गनाउने गरेको मलेखुका स्थानीयले बताए ।

दुर्घटनामा चालक भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो ।

२०७५ बैशाख २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: