Sat. Jul 5th, 2025

पत्रकार महासंघ प्रदेश ३ को अध्यक्षमा प्रताप विष्ट निर्वाचित


२२ बैशाख,  धादिङ –

नेपाल पत्रकार महासंघ प्रदेश नं.३ को अध्यक्षमा संयुक्त गठबन्धनका प्रताप विष्ट निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा विष्टले कुल ४९० मत प्राप्त गरेका छन् प्रतिद्धन्द्धी गिरिजाप्रसाद अधिकारीले ३११ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा निर्वाचित विष्टले चितवनमा १०२, मकवानपुरमा ४८, धादिङमा ७५, काभ्रेपलाञ्चोकमा ८९, रसुवामा १८, नुवाकोटमा २९, दोलखामा ४५, रामेछापमा ३०, सिन्धुलीमा १८ र सिन्धुपाल्चोकमा ३६ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षमा पराजित अधिकारीले चितवनमा ५२, मकवानपुरमा ५५, धादिङमा ३६, काभ्रेपलाञ्चोकमा ४२, रसुवामा २, नुवाकोटमा ३३, दोलखामा १९, रामेछापमा ६, सिन्धुलीमा २२ र सिन्धुपाल्चोकमा ४४ मत प्राप्त गरेका छन् ।

प्रदेश समितिमा अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भइसकेका छन् ।

२०७५ बैशाख २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: