
२६ बैशाख, धादिङ –
धादिङ जिल्लामा विभिन्न ठाउँमा संचालित वालुवा क्रसर उधोगहरु वन्द भएपछि भुकम्पपिडीतहरु मर्कामा परेका छन् ।
त्रिशुली नदी प्रदुषण गरेको भन्दै जिल्लाका बालुवा गिट्टी प्रशोधन उधोगहरु वन्द भएपछि बालुवा गिट्टीको अभाव हुदै गएपछि भुकम्प पिडीतहरु मर्कामा परेका हुन् ।
उधोगहरु वन्द भएपछि पुननिर्माण मात्र होईन विकास निर्माणका कामहरुलाई पनि प्रभाव परेको छ ।
घर निर्माण सुरुमा ल्याएको बालुवा र ढलानमा लेराउदाको बालुवाको मुल्य आकाश पातालको फरक भएको निलकण्ठ ९ का राजेन्द्र लम्साल वताउछन् । माघमा घर निर्माण थालेका उनले पहिलो टिप वालुवा लेराउदा अहिले ढलानको लागि बालुवा लेराउदा डबल मुल्य तिर्नु परेको उनि बताउछन् । बालुवा अभावको कारण घर निर्माण पुरा गर्न पनि सकेका छैनन् ।
जिल्ला लगायत छिमेकी काठमाडौंमा निर्यात हुने बालुवाको ८० प्रतिशत भुभाग धादिङ र नुवाकोटतर्फको त्रिशूली नदीबाटै भएकाले पनि अचानक बन्द हुदा यसको प्रभाव जिल्लामा मात्रै नभएर राजधानीमा समेत परेकोछ ।
वालुवा र गिट्टी अभावमा अन्य निर्माण सामाग्रीहरुको समेत विक्री घटेको छ । दैनिक ७ सय टिप्पर वालुवा र गिट्टी राजधानी निकासी गर्ने धादिङले ३ सय टिप्पर जिल्लामै खपत गर्ने गरेको वालुवा र गिट्टी अभावमा पुल, ढलान, घर तथा भवन निर्माणसहित बालुवा प्रयोग हुने सबैजसो काम प्रभावित भएका छन् ।
त्रिशूली नदीमा अवैध रूपमा सञ्चालनमा रहेका ३३ वटा क्रसर र डेढ सय बालुवा प्रशोधन केन्द्र (फिरफिरे) गत फागुन २६ गते देखि पुर्णरुपले वन्द छन् । त्रिशूली नदी वरपरका वालुवा प्रशोधन उद्योग वन्द भए पछि व्यापारीहरु वुढीगण्डकी किनार तिर उद्योग संचालन गरेका थिए । वुढीगण्डकी आयोजना वाट मुआव्जा लिएर वालुवा चोरी निकासी गर्न लागेको उजुरीका आधारमा स्थानीय प्रशासनले ज्वालामुखी गाउंपालिकाको वुङ्गकोट घाटका सवै फिरफिरेर वालुवा उद्योगहरु वन्द गराए पछि थप समस्या सिर्जना निम्तिएको छ ।
फागुन तेस्रो साता सम्म २६ हजार पर्ने एक टिपर वालुवा मकवानपुर वाट खरिद गरेर धादिङ ल्याउन ४४ हजार सम्म मुल्य पर्न थालेको छ’।भुकम्प गएको ४ बर्ष भईसक्दा समेत पुन निर्माणमा जुट्न नसकेका भुकम्प पिडीतहरु निर्माण सामाग्री अभावका कारण घर निर्माण सम्पन्न गर्न सकेका छैनन् ।
२०७५ बैशाख २६ गते प्रकाशित