

२७ बैशाख, धादिङ –
गायिका सम्झना भण्डारी मलेखुमा भट्टी पसल चलाएर बसेकी छिन् । हालै मात्र सम्पन्न नेपाल म्युजिक अवार्डमा सर्बोउत्कृष्ट नव गायिका घोषित भएकी गायीका भण्डारी यस्तो अबस्थामा भेटिएकी हुन । जवाफमा उनले आफ्नै बाध्यताका कारण यस्तो गरेको बाताइन । तर यो वास्तविक घटना भने होइन ।
गायीका सम्झना भण्डारी र गायक विरु लामाको स्वर तथा अभिनय रहेको मलेखु गीतको म्युजिक भिडीयोको परिघटनामा यस्तो देखिएको हो । भरत बाराकोटीको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतको भिडियोमा स्वयम् गायक गायिकाले नै अभिनय गरेका हुन । अभिनयमा गायिका सम्झना भण्डारी र गायक बिरु लामालाइ सृजना मगरले पनि साथ दिएकी छिन् ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायाकंन तथा बिष्णु घिमिरेको सम्पादन रहेको छ ।
भिडियो
https://www.youtube.com/watch?v=dm8P0L2OWFU
२०७५ बैशाख २५ गते प्रकाशित