Sat. Jul 5th, 2025

अशोक दर्जीको पहिलो गीतले बनायो नयाँ रेकर्ड


२८ बैशाख,  धादिङ –

नव प्रतिभा अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ ।

काठमाण्डौँको पुतलीसडक स्थित ‘स्टुडियो नाइन’मा एक कार्यक्रमको आयोजना गर्दै गीतको आधिकारिक भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा उपस्थित हुनका लागि अशोक मंगलबार मात्रै झापाबाट काठमाण्डौँ आएका थिए ।

यस गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको छ । म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।

गायनमा दर्जीले टंक बुढाथोकीलाई साथ दिएका छन् भने भिडियोमा पनि दर्जी र बुढाथोकीलाई नै फिचर गरिएको छ । यस गीतको भिडियोमा परिकल्पना, सम्पादन तथा निर्देशन गायक तथा संगीतकार बुढाथोकीकै छ ।

भिडियो

२०७५ बैशाख २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: