Sat. Jul 27th, 2024

रेडक्रस सोसाइटी धादिङको १० औँ जिल्ला अधिवेशन सुरु

red
धादिङ – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको २८ औं वार्षिक साधारणसभा तथा १० औं जिल्ला अधिवेशन आइतबारबाट धादिङबेसीमा सुरु भएको छ ।

साधारणसभा तथा अधिवेशनको नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष डाक्टर विश्वकेशर मास्केले उद्घाटन गर्नुभयो । उद्घाटनको क्रममा मास्केले रेडक्रस मानवीय सेवाका लागि स्थापना भएकाले हुँदा यो अभियानमा सबैको साथ आवश्यक रहेको बताउनु भयो । युद्धका समयमा घाइते भएकाहरुको उपचारका स्थापना भएको सस्था आजसम्म आइपुग्दा मानवीय सेवाका हरेक क्षेत्रमा काम गरिरहेको पनि उहाँले बताउनुभयो । नेपालको विगतको सशस्त्र द्धन्दको समयमा पनि सोसाइटीले आफ्नो आचार संहिता र उद्देश्य अनुरुप महत्वपूर्ण कार्य गरेको दावी पनि गर्नुभयो ।

कार्यक्रममा राजनीतिक दल, विभिन्न संघसस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । उद्घाटन सत्रकै अवसरमा रेडक्रशमा उल्लेखनीय कार्य गर्ने व्यक्तिहरुलाई केन्द्र र जिल्ला स्तरबाट सम्मान समेत गरिएको छ । अधिवेशनले जिल्ला शाखाको नयाँ कार्य समिति निर्वाचित गर्नेछ । कार्य समिति निर्वाचन प्रकृया भने भोली मात्र हुने शाखाका वर्तमान सभापति इश्वरीप्रसाद अधिकारीले बताउनुभयो । २०२८ सालमा धादिङमा स्थापना भएको रेडक्रशको हालसम्म २६ ओटा उपशाखा र एउटा सहयोग समिति रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: