Sat. Jul 5th, 2025

बेनिघाटमा ट्रक दुर्घटना, दुई जना घाईते


२८ बैशाख,  धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमति पुलनजिक शुक्रबार बिहान ट्रक दुर्घटना भएको छ ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख २३७६ नम्बरको ट्रक अनियन्त्रित भई पुलको बीच भागमा पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रकका चालक चितवन जिल्लाको कालिका नगरपालिका ४ बस्ने ३१ वर्षीय समसेर गुरुङ,लसह(चालक चितवनको ढोडेली गाउँपालिका वडा न  ९ बस्ने १८ वर्षीय संजय मगर घाईते भएका छन् । घाईतेहरुको मलेखुस्थित राजमार्ग अस्वतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७५ बैशाख २८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: