Sat. Jul 5th, 2025

बालमैत्री बन्दै गजुरी गाउँपालिका, प्रत्येक वडामा बालक्लब गठन


२८ बैशाख,  धादिङ –

गजुरी गाउँपालिकालाई बालमैत्री बनाउन प्रत्येक वडा वडामा बालक्लबहरु गठन गरिएको छ । २०७५ साल मंसिर महिनाभित्र बालमैत्री गाउँपालिका बनाउने अभियान स्वरुप गठन गरिएको हो ।

गजुरी गाउँपालिका वडा नं १ मा मनिषा सापकोटा, २ मा सगुन घले, ३ मा सुन्दर सोराली मगर, ४ मा राधिका चेपाङ, ५ मा सुस्मिता श्रेष्ठ अध्यक्ष रहने गरी बालक्लब गठन गरिएको छ । त्यस्तै गजुरी वडा नं ६ मा सपना सुवेदी, ७ मा सुदिप अपधकारी र ८ मा सम्झना खनालको अध्यक्ष रहने गरी वडास्तरीय बालक्ल गठन गरिएको बालअभियान्ता भूवन भण्डारीले जानकारी दिए ।

बालमैत्री स्थानीय शासन अन्र्तगत बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिता लगायतका चरणहरु पार गर्नुपर्ने हुन्छ । यी चरणहरु बाल अधिकारका सबाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति हो ।

सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्ती गर्ने नेपाल सरकारको उद्येश्यलाई सफल बनाउनको लागि बालमैत्री स्थानीय शासन अवलम्वन गरि सिङगो गाउँपालिकालाई नै बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको उपाध्यक्ष सीता ढुङगानाले बताइन् ।

२०७५ बैशाख २८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: