Sat. Jul 5th, 2025

पशुपतिनाथ मन्दिरमा मोदीद्वारा पूजा–अर्चना

२९ वैशाख, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।

२ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा–अर्चना गरेका हुन् ।

शनिबार बिहान हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका मोदीले मुक्तिनाथमा विशेष पूजा गरेका थिए । त्यहाँको पूजा सकाएर काठमाडौं फिरेका मोदीले पशुपतिनाथमा विशेष पूजा गरेका हुन् । योसँगै जानकी मन्दिरबाट शुरु भएको मोदीको पूजा–आजा पशुपतिमा आएर सकिएको छ ।

यसअघि मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति कोषका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।मोदी अब केहीबेर हायात होटलमा सुस्ताउने र काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रियसभा गृहमा आयोजना गरिएको अभिनन्दन कार्यक्रम सकाएर मोदी त्यतैबाट स्वदेश फर्कने कार्यक्रम छ ।

२०७५ बैसाख २९ गते गते प्रकाशित

About The Author

अन्य समाचारहरु: