
३० वैशाख,धादिङ
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसि नगरपालिका वडा न ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ ।
सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । काठमाडौबाट मुग्लिनतर्फ जादै गरेको ट्रकमा आइतबार बिहान करिब ३ आगजनी भएको थियो ।
आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागि भएको २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल लेराएर अहिले आगो नियन्त्रणमा लिईएको छ । आगलागि बाट मानविय क्षति भएको छैन ।
बस्ति, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि स्थानिय त्रसित भएका थिए । आगलागी पछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्द भएको छ । आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन नसकेको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपि रामबहादुर केसिले जानकारी दिए ।
२०७५ बैसाख ३० गते गते प्रकाशित