
३१ वैशाख, काठमाडौं
प्रदेश सांसद हरीशरण लामिछानेको निधन भएको छ ।
भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
सोमबार दिउँसो एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई केएमसीमा भर्ना गरिएको थियो ।
उनको निधन हुनुपूर्व सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए । लामिछाने एमालेबाट निर्वाचित भएका हुन् ।
२०७५ बैसाख ३१ गते प्रकाशित